सभामुखलाई शिक्षक महासंघको ध्यानाकर्षणपत्र
सभामुख देवराज घिमिरेलाई नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षकका विषयमा ध्यानाकर्षणपत्र बुझाएकी छन्। आज सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षमा पुगेर उपाध्यक्ष पराजुलीलगायत आठ जनाको प्रतिनिधिमण्डलले ध्यानाकर्षणपत्र बुझाएको हो।
त्यस अवसरमा सहअध्यक्ष पराजुलीले यही असोज ५ गते भएको सहमतिबारे सभामुखलाई जानकारी गराएको बताइन्। विधेयक छलफलमा जानुपर्छ, ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखले आफ्नो तर्फबाट पूर्ण रूपमा पहल हुने विश्वास दिलाएको उनले बताइन् ।
सहअध्यक्ष पराजुलीले भनिन्, ‘विधेक आउनुपर्छ तर हाम्रो मागहरू सम्बोधन हुनुपर्छ भन्ने हाम्रो अनुरोध हो। त्यही सहमतिका बुदाँहरू हामीले यहाँ प्रस्तुत गरेका छौं। यो विधेयक छलफलमा जानुपर्छ, फिर्ता हुनुहुँदैन। ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखको तर्फबाट पूर्ण रूपमा पहल हुने बताउनुभएको छ।’
यस्तै उनले यही असोज ५ गते भएको वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट सहमति भएका कुराहरू शतप्रतिशत लागू गर्ने विषयमा सरकारको तर्फबाट विश्वास दिलाएको बताइन्। सहअध्यक्ष पराजुलीले जसले नियुक्ति गर्छ, त्यसले कारबाही गर्ने अधिकार पनि स्थानीय तहहरूलाई एकल अधिकार दिने कुरा शिक्षकलाई मान्य नभएको भन्दै यसका लागि महासंघ निरन्तर रुपमा लागि रहने बताइन्।
उनले भनिन्, ‘संविधान संशोधन गर्ने कुरा छन् जुन स्थानीय तहहरूलाई एकल अधिकार दिएका छन्। शिक्षकहरूलाई त्यो पनि मान्य छैन। स्थानीय सरकारबाट शिक्षकहरूले धेरै प्रताणित हुनुपर्ने, ज्यादती व्यहोर्नुपर्ने भएको छ। नेपाल शिक्षक महासंघ निरन्तर त्यो संविधान संशोधन भएर पनि स्थानीय तहमा त्यो अधिकार हुनुहुँदैन भन्ने पक्षमा हामी अझै छौं।’
उनले संसद्मा गएको विधेयकसम्बन्धी विषयगत समितिका संसदहरूबाट त्यसलाई प्रस्टीकरण गर्ने र संशोधन गर्ने कुरामा पनि लागि रहने पनि बताइन्।
प्रतिक्रिया