
स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा विकास गर्नु सबैको दायित्व : मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै एकताबद्ध भएर लाग्न आवश्यक भएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकहरूमाथि हुने गरेको दुर्यवहारका सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरूसँगको छलफलमा उनले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा विकास गर्नु सबैको दायित्व भएको बताए।
उनले भने, ‘शान्तिसुरक्षाको हिसाबले यो क्षेत्रलाई व्यवस्थित गर्न हामी सबैको दायित्व हो, हामीले गर्ने नै हो र यसको साथै अरू व्यवस्था गर्नको लागि सबैले आँट गरेर दह्रो भएर प्रस्तुत हुनुपर्छ।’
उनले स्वास्थ्य क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न स्वास्थ्यकर्मी र गृह मन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गरिरहेको पनि रहेको बताए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले आफ्नो अभियान अगाडि बढाएको छ, जसमा सम्बन्धित डाक्टरसँग समन्वय पनि रहेको छ। गृह मन्त्रालय पनि अगाडि बढेको छ।’
प्रतिक्रिया