
पूर्वाधार विकास समितिले गर्याे निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरू)


संसदको पूर्वाधार विकास समितिले निर्माणाधीन संसद भवनको अवलोकन गरेको छ।
सोमबार समितिका सदस्यहरूले निर्माण भईरहेको नयाँ संसद भवनको अवलोकन गर्दै प्रगति विवरणबारे जानकारी लिएका हुन्।
सहरी विकासमन्त्री सीता गुरूङ, समितिका सभापति दीपक सिहं र समिति सदस्यहरू अवलोकनमा सहभगी भएका थिए।
सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भइरहेको छ। २०७६ साल असोज १६ गते टुन्डी सेक ज्वाइन्ट भेन्चरले सो भवन निर्माणका लागि सरकारसँग सम्झौता गरेको थियो।
सबै तस्बिरहरू : नेपाल न्यूज बैंक।
प्रतिक्रिया