
नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न सांसद धवलशमशेर जबराको अपिल


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यु’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद जबराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गरे। उनले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलिएको छ। यो सबै कुराको जड मोबाइल हो। चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन्, त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ।’
नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेको भन्दै सांसद जबराले सहरमा शान्तिसुरक्षा र सद्भाव कायम राख्न संयम भएर लाग्न नेपालगञ्जवासीलाई अनुरोध गरे।
प्रतिक्रिया