
विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो, आइतबारको बैठकमा मन्त्री राईले जवाफ दिने


प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ।
उक्त छलफलमा ६० भन्दा बढी सांसदले भाग लिएका थिए। सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ।
प्रतिक्रिया