द्वन्द्वसम्बन्धी कानून बनाउने समिति माओवादीको नेतृत्वमा भए बहिष्कार गर्छु : सुनिल शर्मा

संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्य सुनिल शर्माले द्वन्द्वसम्बन्धी कानून बनाउने समितिका प्रमुख माओवादीकै भए बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) माथिको छलफलमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सदस्यहरूले उठाएका प्रश्नहरूको निराकरण नगरी समितिको बैठकमा टीआरसीको विषय अगाडि बढाउन नहुने शर्माले बताए।

उनले भने, ‘द्वन्द्वकालमा माओवादी र सुरक्षा निकायबाट भएको उत्पीडनको निकास दिन खोज्दै छौं भने, माओवादीकै साथी ऐन बनाउने विषयको प्रमुख बन्नुभयो भने एउटा गाउँमा माओवादीबाट मारिएको मान्छेले न्याय पाउँछ कि पाउँदैन? त्यो कानून न्यायसम्मत बन्छ कि बन्दैन भन्ने प्रश्न छ। यो प्रश्नको निराकरण नगरिकन समितिले टीआरसीलाई अगाडि बढाउन खोज्यो भने समिति बहिष्कार गर्छु। मेरो प्रश्नको कानूनी रूपमा निराकरण नगरिकन यो समितिको बैठक टीआरसीको सन्दर्भमा अगाडि बढाउन हुँदैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर