राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ।

इजरायलमा प्यालेस्टिनी लडाकु समहू हमासले आक्रमण गरेपछि दुई देशबीच जारी तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

हाललाई भ्रमण स्थगित गरिएको र चाँडै गुटरेसको नेपाल भ्रमण हुने उनले बताइन्।

यसअघि राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो। गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *