
कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै उनी पक्षका ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा


कांग्रेस नेता तथा कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की ।
कोशी प्रदेशका मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेसका केदार कार्कीसहित ४७ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
उनको साथमा नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य इन्दिरा थापा, शमशेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरूङ, रामकुमार खत्री र मानबहादुर लिम्बूसहित नेकपा (एमाले) एमालेका ३९ सदस्य प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।
प्रतिक्रिया