विद्युतीय व्यापार विधेयकमाथिको संसदीय प्रतिवेदन राष्ट्रियसभामा पेस

संसदीय समितिले विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस गरेको छ ।
राष्ट्रियसभाले विद्युतीय व्यापार विधेयक, २०८० माथि दवाफर छलफलका लागि साउन ४ गते विधायन व्यवस्थापन समितिमा संशोधन प्रस्तावसहित पठाएको विधेयक प्रतिवेदनसहित राष्ट्रियसभामा पेस भएको हो ।

समिति सभापति जयन्तीदेवी राईले त्यसयता समितिले सम्बद्ध अधिकारीसँग विभिन्न बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी दिइन् ।

राष्ट्रियसभामा प्रतिवेदन पेस गर्दै राईले भनिन्, ‘समितिमा दफावार छलफलका लागि पठाइएको विधेयकमाथि १० ओटा बैठक बसेको थियो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, प्रस्तावको संशोधनकर्ताहरू, सम्बन्धित मन्त्रालयका सचिव, कानुन। न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध अधिकारीहरूलगायत सरोकारवालको उपस्थिति रहेको थियो । विधेयकमाथि विभिन्न चरणमा समितिमा भएको औपचारिक र अनौपचारिक छलफलपछि प्रतिवेदन तयार पारिएको हो । २०८० कार्तिक १५ गते समितिको बैठकले पारित गरेको विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी प्रतिवेदन सभामा पेस गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर