चार पत्रकारलाई बारबरा फाउण्डेसनको खोजी पत्रकारिता पुरस्कार

बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेसनले ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरेको हो ।

पत्रकार देवेन्द्र भट्टराई र मात्रिका दाहाललाई १६ लाख रुपैयाँको प्रथम पुरस्कार प्रदान गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरी उक्त प्रकरणलाई छानबिनको दायरामा ल्याउन सफल भएकोमा उनीहरुलाई पुरस्कार दिइएको फाउण्डेसनले जनाएको छ ।

चौधरी ग्रूपको स्वामित्वमा गएको बासबारी छालाजुत्ता उद्योगको सरकारी जग्गाबारे गरिएको खोजमूलक रिपोर्टिङ गर्ने पत्रकार दीपा दाहाललाई ६ लाख रुपैयाँको दोस्रो पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, तीन लाख रुपैयाँको तेस्रो पुरस्कार पत्रकार रमेश कुमारलाई प्रदान गरिएको छ । शेयर बजारमा भएको अनियमिताबारे गरिएको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर