
आहारपूरक खाद्य नागरिकको पहुँचमा पुर्याउन सम्झौता

नेपाल चिकित्सक संघ र नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघबीच आहारपूरक खाद्यान्न आम नागरिकको पहुँचमा सहज होस् भन्दै सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. अनिलविक्रम शाही र आहारपूरक सौन्दर्यवर्द्धक संघका तर्फबाट विप्लव रञ्जितले सम्झौतामा एक कार्यक्रमबीच हस्ताक्षर गरे ।
आगामी दिनमा आहारपुरक अर्थात आइन, भिटामिन, मिनिरल्स जस्ता आवश्यक फुड सप्लिमेन्ट्री नागरिकको पहुँचमा पुर्याउन दुवै पक्षले सहकार्य गर्ने समझदारी पनि जुटेको छ । अहिले भिटामिन डीको कमी, भिटामिन बी १२ को कमी जस्ता समस्याहरु देखिँदा दीर्घरोगका समस्याहरु उत्पन्न हुन थालेको नेपाल आहारपूरक सौन्दर्यवर्द्धक संघका महासचिव सुरज पौडेलले जानकारी दिए ।
अहिले औषधि व्यवस्था विभागले आहारपूरक खानेकुराको वितरण आफ्नो क्षेत्रमा नरहेको भन्दै फार्मेसीमा नराख्न चेतावनी दिने गरेको छ । तर, चिकित्सकहरु भने फार्मेसीमै राख्दा नागरिकलाई सहज हुने बताउँछन् ।
प्रतिक्रिया