
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु


फाइल तस्बिर ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।
छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए ।
अन्य चारजना सकुशल रहेका छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए ।
- एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थमन्त्री पौडेल
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन
- मोदी–ट्रम्पबीच ३५ मिनेटको टेलिफोन वार्ता, आतंकवाद र ‘अपरेसन सिन्दूर’मा छलफल
- सुनचाँदी कारोबारलाई नियमन गर्ने सरकारी निकाय छैन : प्रेमलाल महर्जन
प्रतिक्रिया