
शाखा अधिकृत मोहनप्रसाद मैनालीका हत्या आरोपी १५ वर्षपछि पक्राउ


शाखा अधिकृत मोहनप्रसाद मैनालीको हत्या गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका- ५ का ७२ वर्षीय प्रेम गिरी रहेका छन् ।
मैनालीको हत्या आरोपमा गिरी १५ वर्षपछि पक्राउ परेका हुन्। प्रहरीका अनुसार २०६५ असोज २२ गते तत्कालीन पर्साका ५२ वर्षीय शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी हत्या गरेको आरोप उनीमाथि छ।
यस्तै उनी अन्य विभिन्न प्रकारका जघन्य प्रकृतिका अपराधहरूमा पनि फरार प्रतिवादी रहेको कार्यालयले बताएको छ। नेपाल तथा भारतका विभिन्न स्थानहरूमा हत्या, चोरी, डकैती लगायत अन्य क्रियाकलापमा उनी संलग्न रहेको पाइएको प्रहरी कार्यालयको भनाइ छ।
उनी कर्तव्य ज्यान, डाँका मुद्दा, हातहतियार तथा खरखजाना मुद्दामा फरार र केही सार्वजनिक अपराध मद्दामा संलग्न रही फरार रहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया