सरकार र ट्यांकर चालकबीच सहमति, आजदेखि ढुवानी सुरु हुने

सरकार र आन्दोलनरत ट्यांकर चालकबीच सहमति भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्यांकर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

‘छलफल सकियो । दुई पक्षबीच सहमति भएको छ,’ उनले भने, ‘आजैबाट तेल पाइन्छ ।’

शनिबारदेखि ट्यांकर चालकहरूले सम्पूर्ण ट्यांकर चालक, सहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *