मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन (माघ १० गते) इस्टर्न स्टार होटलमा लडेका थिए । त्यसपछि ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार मृत्यु भएको हो ।

चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएका थिए । २०७९ सालको स्थानीय तहमा उनी कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *