धनुषामा काठसहित ट्याक्टर नियन्त्रण

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१४ स्थित मुजेलियाबाट असार ५ गते करिब २ लाख ९५ हजार रुपैयाँ बराबरको काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

ज १ त ८१५७ नम्बरको ट्याक्टरमा लोड गरी धनुषाको ढल्केबरबाट जनकपुरतर्फ लैजाँदै गरेको करिब २ सय ८१ क्यूफिट काठ नं. ८ गण धनुषाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय जनकपुर धनुषामा बुझाइएको छ । ट्याक्टरको भन्सार दाखिला मूल्य ९ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *