ठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि एमाले-कांग्रेस आत्तिए : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने बताएका छन् ।

आइतबार संसदबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले–कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे ।

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए ।

उनले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो भन्ने प्रश्नको जवाफ चाहेको बताए ।

‘एमाले–कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वाभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ,’ अर्थमन्त्री पुनले भने, ‘दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खाजेको हो । संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो ।’

उनले एमाले–कांग्रेस गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताए ।

उनले सरकारले सुशासनका पक्षमा काम गरेको र ठूला भ्रष्टाचारका फाइलहरू खोल्न सुरू गर्दा एमाले–काग्रेसले आत्तिएर गठबन्धन गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर