
नेपाल एसबिआई बैंकको ३१ औं बार्षिकोत्सव


नेपाल एसबिआई बैंक लि. ले ७ जुलाई २०२४ मा बैंकको ३१ औं बार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धर्ता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।
साथै उनंले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोठ दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री राजेश कूमार पंठाले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे । प्रमुख संचालन अधिकृत श्री यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
साथै, बैंकले सोे अवसरमा सबै शाखा तथा कार्यालयहरुबाट आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई मिठाई वितरण गरेको थियो । नेपाल एसबिआई बैंक लि.ले हालै सञ्चालनमा आएका २ शाखा, पिठारी चोक, जनकपूर र रामपूर बजार, पाल्पा सहित ज्ञण्ण् शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
- एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
प्रतिक्रिया