
उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा टेकुबाट सेवा दिन सुरु


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका-१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ ।
विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
उनले भने, हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गरेका हुन् ।
आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने, नेपाल आयल निगम परिसरकै दुई रोपनी जमिनमा रु. ७२ करोडमा आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी भवन निर्माण हुँदैछ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नयाँ बानेश्वरबाट सेवा प्रवाह गर्दै आएको थियो ।
प्रतिक्रिया