
पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी


लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ ।
ट्राफिक प्रहरी कार्यालयले सडक डिभिजन कार्यालय र निर्माण कम्पनी चाइना रेल्वेसँगको समन्वयमा खाल्डाखुल्डी पुर्न थालेको हो ।
ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले सम्भावित दुर्घटना रोक्न सडक न्यूनीकरणका लागि शुक्रबारदेखि चोहर्वा—सिरहा खण्डबाट खाल्डाखुल्डी पुर्न शुरू गरिएको जानकारी दिए । उनले आज पनि उक्त कार्यलाई निरन्तरता दिएको बताए ।
सडकमा परेका खाल्डाखुल्डीले सवारी आवागमनमा समस्या भएकाले खाल्डाखुल्डी पुर्ने र सडकमा छरिएका गिट्टी, बालुवासमेत हटाउने काम गरेको उनको भनाइ छ ।
‘लगातारको वर्षापछि सडकमा ठूला खाल्डाखुल्डी परेका छन्, यसले सवारी आवागमनमा समस्या भएको छ,’ ट्राफिक प्रमुख पुरीले भने, ‘सडक डिभिजन र निर्माण कम्पनी चाइना रेल वे कम्पनीसँग समन्वय गरी ग्राभेल हाल्ने र जोखियुक्त ठाउँमा भएका बालुवा तथा गिट्टी हटाउने काम भइरहेको छ ।’
चाइना रेल्वे कम्पनीले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति र विस्तारको काम गरिरहेको छ ।
- विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
- मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसंग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : इप्पान
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
प्रतिक्रिया