
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुन्छ : शेखर कोइराला


फाइल तस्बिर।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँगको काठमाडौँमा छलफल गरेका छन् ।
कोइरालाले सो भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।
महानगरका सभापतिहरुले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।
भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य- काठमाडौ, सुवानन्द धाख्वा- ललितपुर, चित्रसेन अधिकारी- भरतपुर, दीपक चापागाईं- बिराटनगर र मनिन्द्र नेपाली- वीरगन्जबाट सहभागी थिए ।
- एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
प्रतिक्रिया