
प्राधिकरणले काटेको ६ उद्योगमा विद्युत् लाइन पुनः जडान


नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै आज साँझ ८ बजेदेखि विद्युत् जडान भएको हो ।
प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनः बक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्वारा समाधान गर्न निर्देशन दिएका थिए ।
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
- रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत
प्रतिक्रिया