रेडपाण्डाको छालासहित एकजना पक्राउ

काठमाडौं महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रहरीले थापाको साथबाट दुईवटा रेड पाण्डाको छाला बरामद गरेको छ। उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *