माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरू भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक शुरु भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

आजको बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने एजेण्डा रहेको प्रवक्ता सापकोटाले बताए।

यसैगरी आजको बैठकले सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारेमा पनि निर्णय लिने सापकोटाको भनाइ छ।

सत्ताबाट बाहिरिएपछि अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारविरुद्ध लगातार निशाना साँध्दै आएका छन्। प्रचण्डले वर्तमान सरकार सत्ता जोगाउन राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्न उद्दत रहेको आरोपसम्म लगाएका छन्। सरकारले अमेरिकाको राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) सम्झौताका लागि अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको भन्दै यसले नेपालको राष्ट्रिय स्वाधीनता कमजोर बनाउने उनको भनाइ छ।

यसैगरी सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउन वर्तमान लागि परेको प्रचण्डको आरोप छ।

यिनै मुद्दा लिएर जनतामा जाने र देशभर सरकारविरुद्ध आन्दोलन चर्काउने माओवादीको तयारी छ। आजको बैठकमा आगामी आन्दोलनको ‘मोडालिटी’का बारेमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *