निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेन : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् ।
बिहीवार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गरेका हुन् ।
‘सबैकुरा भइसकेको छ तर भएको महशुस हुन किन सकेको छैन । कहाँनेर समस्या छ,’उनले थपे,‘भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन ।’
उनले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताए । उनले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताए ।
उनले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको बताए ।
उनले भने–‘मलाई धन्यवाद दिन जलन पीडितहरु आउनुभएको थियो । बुहारीले छोरी जन्माइ भनेर उनको अनुहारमा एसिड छरिएछ । अहिले घरसँँग सम्बन्ध छैन, उहाँले कसरी उपचार गर्नुभयो, अहिले सामान्य सिलाइबुनाइको कार्यक्रम गरेर जीवन गुजारिरहनुभएको छ । दाइजो नपाएर त्यस्ता घटना थुप्रै भएका छन् । बलात्कारको घटना त एकदमै धेरै भइरहेको जस्तो देखिन्छ ।’
उनले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताए ।
उनले पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने ? भन्दै प्रश्न गरे । ‘इमर्जेन्सी सेवा त सबैलाई निःशुल्क हुनुपर्ने हो तर इमर्जेन्सीमा छिर्दा त… म स्वास्थ्यमन्त्री हुँ यो भन्न हुने हो की होइन थाहा छैन । इमर्जेन्सीमा छिर्दा टिकट काटेर आउ । टिकट काट्ने पैसा छैन भने जाउ । पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने हो,’उनले भने ‘अनि त्यसपछि पैसा छ वा छैन भनेर सोध्ने हो ? यत्रा मन्त्रालय छन्, हामी यति धेरै छौँ । हामीले गर्न नसकेको की नचाहेको हो ? हामीलाई प्रश्न उठ्नसक्छ ।’
मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए ।
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
- चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर
- २१ औं शताब्दीमा क्रुर नरसंहार हुनु लज्जाको विषय : पूर्वप्रधानमन्त्री भट्टराई
प्रतिक्रिया