दुबई जान लागेका २६ जनालाई अध्यागमनले फर्कायो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न देश हिंडेका शंकास्पद् २६ यात्रुलाई अध्यागमन कार्यालयले रोकेको छ। दुबई (युएई), जापान, माल्दिभ्स र साउदी अरेबिया हिंडेका उनीहरूको यात्रा शंकास्पद् देखिएपछि बुधबार प्रस्थान अनुमति नदिइएको एक अध्यागमन अधिकृतले बताए।
उनीहरूमध्ये अधिकांश युएई जाने रहेको ती अधिकृतको भनाइ छ। यात्रुहरूले भ्रमणको उद्देश्य स्पष्ट पार्न सकेनन्। ‘ती यात्रुहरूको यात्रा नै शंकास्पद् देखियो। ‘भ्रमणको उद्देश्य प्रस्ट पार्नुस्’ भन्दा पनि केही बताउन सकेनन्। कतिपयको भ्रमण गर्ने देशको होटेल बुकिङ पनि देखिएन,’ ती अधिकृतले भने। कतिपयले श्रम स्वीकृतिसमेत नलिएको उनको भनाइ छ। ‘उनीहरूले अध्यागमन कार्यविधि विपरीत विदेश यात्रा गर्न खोजेको हामीले पायौं,’ ती अधिकृतले थपे।
प्रस्थान अनुमति नपाउनेमा युएई हिंडेका राधिका विश्वकर्मा, उर्मिला गुरुङ, सुकुमाया स्याङ्तान, डिकराज कुँवर, सुमित्रा चेपाङ, मनिषा चेपाङ, पुष्पा थापा, सोनी घिसिङ, पुनम घले, विक्रम मगर, अनिता खड्का, आशाकुमारी मोक्तान, सबनम श्रेष्ठ, विष्णु थापा मगर, बुनुकुमारी फियाक, सविता तामाङ, प्रमिला तिमल्सिना, रन्जुसिंह ठकुरी, सुजिना परियार, पुजा कार्की, चन्द्रकुमार धामी परियार, अप्सरा लामा र राज न्यौपाने रहेका छन्।
त्यस्तै साउदी हिंडेका प्रकाश ओली, जापान हिंडेका पुजा विक र माल्दिभ्स हिंडेका राजेन्द्र पोखरेलको यात्रा पनि शंकास्पद् देखिएको थियो।
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
- चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर
प्रतिक्रिया