रवि लामिछानेको बयान सकियो, पोखरा पठाउने तयारी
२९ कार्तिक २०८१ १७:१९
रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा तीन दिनको बयान सकिएको छ । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेका छन् ।
अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको जनाएका छन् ।
उनलाई आजै पोखरा पठाइने भएको छ । २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई मंगलबार रूपन्देही लगिएको थियो ।
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
- चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर
प्रतिक्रिया