एसीसी यू–१९ एसिया कप : पहिलो खेलमा आज नेपाल श्रीलंकासँग भिड्दै
एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज (शुक्रबार) नेपालले श्रीलंकासँग भिड्दै छ । नेपाली समयअनुसार आज बिहान पौने ११ बजे नेपाल श्रीलंकाविरुद्ध मैदानमा उत्रनेछ ।
१४–२३ मंसिरसम्म हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । आज श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेल १६ मंसिरमा बंगलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने छ ।
नेपाली टोलीको कप्तानमा हेमन्त धामी र उपकप्तानको अर्जुन कुमालले छन् । त्यस्तै टिममा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद र युनिस विक्रम सिंह ठकुरी रहेका छन् । नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अविषेक तिवारी र रन्जित कुमार टिममा रहेका छन् । शक्ति गौचन टिमको मुख्य प्रशिक्षक रहेका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक रहेका छन् । मुख्य प्रशिक्षकमा गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
- ‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
प्रतिक्रिया