रवि लामिछानेको आजको बयान सकियो
१४ मंसिर २०८१ १६:५१
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रवार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । आईतवार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेबिरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई बिहीवार साँझ काठमाडौं ल्याइएको थियो ।
- ‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
प्रतिक्रिया