चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे ‘प्रेस नोट’ मा के छ ? (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् ।

चीनको चार दिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार दिउँसो स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे प्रेस विज्ञप्ति वाचन गर्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रमेवर्कदेखि विभिन्न विषयमा महत्वपूर्ण सम्झौता भएका बताए ।

आज स्वदेश फर्किएपश्चात १४ बुँदे प्रेस नोट जारी गर्दै उनले भ्रमणबारे जानकारी गराएका हुन् । यी समझदारीले नेपाल र चीनबीचको आर्थिक सहयोग र विकास साझेदारीलाई थप गति प्रदान गर्ने प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, चीनले काठमाडौंको वसन्तपुरस्थित ९ तले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको छ भने स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भ्रमणका क्रममा चीनले नेपाललाई १२ अर्ब ४ अनुदान दिने घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । चीनका राष्ट्रपति सि चिनफिङले ५०० मिलियन अर्थात् नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड थप अनुदान दिने घोषणा गरेका हुन् । ‘चीन सरकारका तर्फबाट वि.सं. २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने.रू २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान ५०० मिलियन (करिब नेरू ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ विज्ञप्तिमा लेखिएको छ ।

नेपाल र चीनबीच बीआरआइ फ्रेमवर्कसहित विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर भएका थिए । प्रधानमन्त्री ओलीले चीन सरकारका तर्फबाट आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका राष्ट्रपति र जनतालाई धन्यवाद दिएका छन् । भ्रमणका क्रममा द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारिएको र यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने प्रधानमन्त्रीको अपेक्षा छ ।

हेर्नुस् पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर