सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
२१ मंसिर २०८१ ११:१६
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया