सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।  प्रतितोला पच्चीस  रुपैयाँले घटेर आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको  छ । शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर