![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फुड कोर्टमा १५ प्रतिशतसम्मको छुट
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सिद्धार्थ बैंकका ग्राहकहरूलाई टेस्ट टाउन फुड कोर्टमा १५ प्रतिशतसम्मको छुट](https://www.pardafas.com/wp-content/uploads/2024/12/siddahrtha.jpg)
सिद्धार्थ बैंक र टेस्ट टाउन फुड कोर्ट प्रा. लि (काठमाडौँ, कमलपोखरी) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिटी सेन्टर कमलपोखरी स्थित टेस्ट टाउन फुड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया