काठमाडौँ महानगरमा खुला रूपमा फोहोरमैला बाल्न निषेध
२४ मंसिर २०८१ १०:४८
काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने जनाइएको छ ।
प्रतिक्रिया