रवि लामिछानेलाई पर्सा लगिँदै

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

वीरगञ्जको सानोपाइला सहकारी प्रकरणको रकम अपचलनबारे बयानका लागि उनलाई पर्सा लैजान लागिएको हो ।

सभापति लामिछानेलाई हवाई मार्ग हुँदै काठमाडौं र काठमाडौंबाट हवाईमार्ग हुँदै सिमरा लगिने प्रहरीले जनाएको छ । लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए ।

यस्तै सहकारी ठगीमै पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा पुर्‍याइएको छ ।

उनिहरुलाई सोमबार पर्सा पुर्‍याइएको हो । उनीहरूलाई आइतबार राति नै सडकमार्ग हुँदै पर्सा लगिएको खुल्न आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर