रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप
२४ मंसिर २०८१ १६:२३
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको पक्षमा उत्रिएका छन् ।
सरकारले अनुन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्ड रास्वपाका अध्यक्ष लामिछानेको पक्षमा उत्रिएका हुन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न सरकारलाई गम्भीर आग्रह गर्दछु ।’
प्रतिक्रिया