रविको विषयमा मानवअधिकार आयोगले प्रहरी अधिकारीसँग लियो जानकारी
२४ मंसिर २०८१ १७:१३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । आयोगले आज दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लिएको हो ।
एआईजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका हुन् । आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै आज बोलाएको थियो । तर, कुँवरले आफू उपत्यका बाहिर भएको भनेर एआईजीलाई पठाएका थिए ।
प्रतिक्रिया