बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व मेयर शिवाकोटी पक्राउ
२४ मंसिर २०८१ २०:०४
झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको छ । उनको घरमा कामदारको रूपमा राखिएकी बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना पाएपछि उनी पक्राउ परेका हुन् ।
बालिकालाई सामाजिक संस्थासँगको सहकार्यमा प्रहरीले काँकडभिट्टाबाट उद्धार गरेको छ । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया