बीमा प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारी दाहाललाई

नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारी तोकिदिएको छ।

आज अर्थमन्त्रालयले नितिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको हो ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहनु भएका दाहाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतह निलम्बित भएका थिए । सो पश्चात् प्राधिकरणको रिक्त पदका लागि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कामु अध्यक्ष पठाएका हुन्।

यसअघि दाहाल नेपाल बीमा प्राधिकरणको संचालक समेत भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर