मोरङमा नेपाली सेनाद्वारा विष्फोटक पदार्थ निष्क्रिय

मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ७ स्थित महेन्द्र राजमार्गको मालती पुल नजिक फेला परेको विष्फोटक पदार्थ (आई ई डी) नेपाली सेनाले निष्क्रिय पारेको छ।

प्राप्त जानकारी अनुसार, महेन्द्र राजमार्गको मालती पुल नजिक विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलमा चारवटा ग्यास सिलिन्डर फेला परेको र जसमध्ये दुईवटा सिलिन्डरमा आई ई डी रहेको सेनाले जनाएको छ।

नेपाली सेनाले सुरक्षाको उच्च सतर्कता अपनाउँदै विष्फोटक पदार्थलाई बिहिवार सुरक्षित रुपमा निष्क्रिय गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर