
असनमा लागेको आगलागी नियन्त्रणमा


काठमाडौँको असनमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ।
काठमाडौं महानगरपालिका वडा नं.२७ स्थित असनमा स्थानीयको घरमा लागेको आगो विभिन्न निकाय र स्थानीयले निभाएका हुन्।
नेपाली सेनाको नरसिंहदल गण, रणभैरव गण र शार्दुलजंग गुल्मबाट परिचालित फायर फाइटिङ टोलीले नियन्त्रणमा पहल गरेको थियो। अन्य सुरक्षाकर्मी र स्थानीय पनि आगलागी नियन्त्रणमा उपस्थित थिए।
प्रतिक्रिया