सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको  छ ।

सुन तोलामा २०० रुपैयाँले घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबारमा चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर