
‘द नाइट अफ आइडियाज्’ सम्पन्न


फ्रान्स सरकारले हरेक वर्ष जनचासोका विषयमा विश्वभर आयोजना गर्दै आएको ‘द नाइट अफ आइडियाज्’ आइतबार ललितपुरमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रारम्भ गर्दै नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले अपङ्गता भएकाहरूको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा पहुँच सुनिश्चित गर्नुपर्नेमा आफ्नो देशको सरकारले जोड दिएको बताउँदै शारीरिक रूपमा अक्षम व्यक्तिहरू रचनात्मक काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । सन् २०१६ देखि फ्रान्स सरकारले आफ्नो उपस्थिति भएका विश्वका सबै मुलुकमा कार्यक्रम हरेक वर्ष समसामयिक विषयमा छलफल एवं बहस ‘द नाइट अफ आइडियाज्’सञ्चालन गर्दै आएको जानकारी पनि दिए ।
गत भदौमा पेरिसमा आयोजित पारा ओलम्पिकमा कास्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले बहिस्करणमा परेकाहरूको पीडाबारे आफूलाई अवगत रहेको बताउँदै कुनै पनि नागरिकलाई शारीरिक अक्षमताका आधारमा विभेद गर्न नपाइने कानुनको पूर्ण कार्यान्वयनमा जोड दिइन् । नेपालको संविधानले सबैलाई समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको उनको कथन थियो ।
त्यस अवसरमा अपङ्गता भएका व्यक्तिहरूमाथि समाजले गर्ने व्यवहार, बहिस्करणबाट उनीहरूलाई जोगाउन राज्य र समाजले निर्वाह गर्नुपर्ने भूमिकाबारे शारीरिक रूपमा अक्षम व्यक्तिहरूको जीवन सहज बनाउन सक्रिय संस्थाका प्रतिनिधिहरुसँग छलफल हुनका साथै अपङ्गता भएका कलाकारले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया