
३ अर्व रूपैयाँभन्दा धेरैकाे जुवा, २४ जना पक्राउ

प्रहरीले ३ अर्व रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेल्ने र खेलाउने गिरोहका १० भारतीय र १४ नेपाली नागरिकसहित २४ जनालाई शनिबार पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले ललितपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
गिरोहले ललितपुर महानगरपालिका २ सानेपास्थित २ वटा घर भाडामा लिएर अनलाईन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटिएम कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान समेत बरामद गरेको छ ।
उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाईन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
प्रतिक्रिया