
चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त


चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ । सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतको अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार सुरु भएको बताए । चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए । देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे । अभिनेता किरण केसीले आजबाट चलचित्र सुरु भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताए ।
कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुसी लागेको बताए । शुभ मूहुर्त कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा काम गर्न पाउँदा धेरै खुसी रहेको बताए । उनले आफू हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ अभिनित सिरियलहरुमा काम गर्ने इच्छा रहेको र आज आएर चलचित्रमा काम गर्न पाउँदा धेरैं खुसी लागेको बताए ।
एम.एम मोस पिक्चर्सको प्रश्तुतीमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।
प्रतिक्रिया