
बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त


नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर( प्राप्ताङक७७.१९४) प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
कार्यकारी निर्देशकका लागि सुवेदीसँगै अन्य दुई निर्देशकहरु कमलराज रेग्मी र पुजन ढुंगेल(अधिकारी) पनि प्रतिस्पर्धामा थिए ।
राजु रमण पौडेलकाे अवकाशपछि प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो ।
यसैगरी प्राधिकरणमा अहिले अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया