
राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा उपरथी ढकाल नियुक्त


उपरथी याम प्रसाद ढकाल (अ.प्रा.) राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशक पदमा नियुक्त भएका छन्।
उनले आज (बिहिवार) देखि आफ्नो नयाँ जिम्मेवारी सम्हालेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को गएको माघ १५ गतेको निर्णयअनुसार उपरथी ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशक पदमा नियुक्त गरिएको हो।
प्रतिक्रिया