प्युठानमा सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

प्युठानमा नेपाली सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।

शनिबार प्युठानको मल्लरानी गाउँपालिका वडा नं.३, धरमपानी स्थित एक स्थानीयको घर नजिकै शंकास्पद बस्तु विस्फोट हुँदा ११ वर्षका बालक घाइते भएका थिए । घाइतेहरूको प्राथमिक उपचार पश्चात् थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको नेपाली सेनाले जनाएको छ ।

घटना पश्चात् अनुसन्धानको लागि खटिएको प्रहरीले घटनास्थल वरपर खोजतलास गर्दा नजिकैको गहुँवारिमा थप २ वटा शंकास्पद बस्तुहरू फेला परेको थियो । उक्त शंकास्पद वस्तुलाई आइतबार सुरक्षित साथ नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर