
३० हजार टन युरिया मल आयातको टेन्डर


आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज गर्न ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार युरिया मलका लागि टेन्डर आह्वान गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले १७ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरेपछि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रबन्ध सञ्चालक विष्णुप्रसाद घिमिरेले धान बालीलाई मलको आपूर्ति सहज बनाउन युरिया आयातको टेन्डर आह्वान गरिएको बताए ।
चालु आव २०८१/८२ मा तीन लाख ८५ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य रहेकोमा माघ अन्तिम सातासम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भइसकेको र बाँकी आउने क्रममै रहेको कम्पनीले जनाएको छ । हालसम्म दुई लाख १४ हजार ४७ टन मल वितरण गरिसकेको कम्पनीले जनाएको छ । २५ हजार टन युरिया र ५० हजार टन डिएपी मौज्दात रहेको कम्पनीले जनाएको छ । सरकारले चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्न २७ अर्ब रुपियाँ विनियोजन गरेको छ ।
कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले मल आयात गर्ने जिम्मा पाएका छन् । दुई कम्पनीले टेन्डर आह्वान गरेर विभिन्न मुलुकबाट मल आयात गर्ने गरेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया