
अर्थमन्त्री पौडेलको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार हुँदै

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ।
अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीका अनुसार गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । पौडेलको घाँटी र गालामा आगोले पोलेको छ ।
शनिबार पोखरा महानगरले सुरु गर्न लागेको भ्रमण वर्षको उद्घाटन सत्रमा बेलुन उडाउन खोज्दा आगोको झिल्का उठेको थियो ।
सोही आगोको लप्काबाट अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया